२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

गुल्मीमा खरका छाना विस्थापन हुँदै

गोकर्ण पाण्डे/गुल्मी- गुल्मीका १२ स्थानीय तहका आठ हजार विपन्न घरका छानामा टिन (जस्ता) लगाइएको छ ।

स्थानीय तहको सहयोग प्राप्त भएपछि यहाँका सर्वसाधारणले खरका छाना विस्थापन गर्न सकेका हुन् । खरका छाना विस्थापित भएसँगै उनीहरु पानी चुहिने समस्याबाट मुक्त भएका छन् ।

मदाने गाउँपालिका–६ पुर्कोट दहका प्रेमबहादुर विश्वकर्मा विगत दुई वर्षका बर्खायाममा ढुक्कले निदाउन पाए । धुर्कोट गाउँपालिकाले शुरु गरेको खरका छाना विस्थापन गरी जस्तापाता लगाउने अभियान अहिले देशव्यापी चलेको छ ।

सोही कार्यक्रमअन्तर्गत केही स्थानीय तहले आफ्नो स्थानीय तह भित्रका सबै खरका छाना विस्थापन गरिसकेका छन् । जिल्लाको क्षेत्र नं २ का स्थानीय तहले मात्रै टिनका छानामा रु २० करोड खर्चिएका र चार हजार घरलाई खरका छानामुक्त बनाएका छन् ।

धुर्कोट गाउँपालिकामा अहिलेसम्म ५५० भन्दा बढी घरमा टिनका छाना लगाइएको छ । सो जस्तापाताका लागि दुई करोड रुपैयाँ बजेट खर्च भएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनु भयो ।

मुसिकोट नगरपालिकामा खरका छाना विस्थापित गरी टिनका छाना पाउने कूल लाभग्राही सङ्ख्या ९९३ हुन् । जसमध्ये सबै परिवारले टिन पाएको नगरप्रमुख सोमनाथ सापकोटाले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।