कञ्चनपुर। कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकासँग जोडिएको भारतको दुधुवा राष्ट्रिय निकुञ्जको जँगलमा सोमवार नेपाली महिलाको शव फेला परेको छ।



बेवारिसे अवस्थामा शव फेला परेको र मृतकका साथबाट नरू देबी कठायत नामको नागरिकता फेला परेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले बताए ।
शव सँगै फेला परेको नागरिकता अनुसार मृतकको उमेर ५५ बर्ष रहेको र श्रीमानको नाम राजेन्द्र कठायत उल्लेख रहेको प्रहरीले जनाएको छ ।
Views: 132

























