२०८३ जेष्ठ २८ बिहीबार
२०८३ जेष्ठ २८ बिहीबार

कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित एक पक्राउ

 

कञ्चनपुर, १८ कात्तिक ।  लागुऔषध खैरो हिरोइनसहित बेलौरी नगरपालिका–६ का ३२ वर्षीय दिनेश बोटलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपाल भित्र्याउँदै गरेको ५० ग्राम खैरो हिरोइनसहित बोटलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताए । पक्राउ गरिएका बोटलाई हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको छ ।

यसैबीच प्रहरीले भारतबाट अवैधरूपमा भित्र्याइएको रु एक लाख ७९ हजार १७५ मूल्य बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । प्रहरीले बेलौरी नगरपालिका–८ पचुँइबाट युरियामल ४२ बोरा, सुपरमल ११ बोरा र डिएपीमल ७९ बोरा प्रहरीले बरामद गरेको छ । 
ती सामानको मूल्य रु एक लाख ४४ हजार ६०५ रहेको छ । सूर्ती, बिँडी, पापड गरी रु ३४ हजार मूल्यको सामानसमेत प्रहरीले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जनाएको छ । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।