सुखड – आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेका कैलालीका एक प्रधानाध्यापलाई पदवाट हटाइएको छ छ । जिल्लाको घोडाघोडी नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले आफ्नै छोरीलाई बलात्कार तथा यौन शोषण गरेको आरोपमा प्रहरीमा उजूरी दर्ता भएपछि पदवाट हटाइएको हो ।
उनलाई मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पदमुक्त गरेको हो । प्रहरीमा उजूरी दर्तासंगै उनी अहिले फरार रहेका छन् । लगातार विद्यालयमा अनुपस्थित भएको र विद्यालयका अन्य कामकाज गर्न समेत समस्या भएकाले आरोपी प्रधानाध्यापकलाई पदवाट हटाएर सोही बिधालयकी शिक्षिकालाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ ।
सबै प्रक्रिया पुरा गरेर सोही विद्यालयकी शिक्षिकालाई प्रअको जिम्मेवारी दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्षले जानकारी दिए ।
Views: 28