२०८३ असार १६ मंगलवार
२०८३ असार १६ मंगलवार

बझाङको बित्थडचिर गाउँपालिकामा तालाबन्दी

सुरेश धामी/बझाङ – बझाङको बित्थडचिर गाउँपालिकामा तालाबन्दी गरिएको छ । सोमबार सुनकुडा माध्यामिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन र शिक्षक भर्नाको बिषयलाई लिएर स्थानीयहरुले सुनकुडा माविको कार्यालय, बित्थडचिर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कक्ष, शिक्षा शाखा र प्रशासनमा तालाबन्दी गरेका छन ।

सुनकुडा माध्यमिक विद्यालयमा पुरानै अध्यक्ष रमेश अधिकारीले एकलौटी ढंगबाट आफै पुनः अध्यक्ष रहनेगरी समिति गठन गरेका थिए । एकलौटी ढंगबाट व्यवस्थापन समिति गठन गरिएकोभन्दै स्थानीय शेर सिंह कामीले जिल्ला अदालत बझाङमा रिट दायर गरेका थिए ।

उक्त मुद्दा अहिले उच्च अदालत दिपायलमा विचाराधीन छ । व्यवस्थापन समिति अध्यक्ष अधिकारीले अदालतमा मुद्दा चलिरहेकै बेला नातेदारलाई शिक्षक भर्ना गर्न नियमविपरीत हतारहतार शिक्षक दर्खास्त आव्हान गरेको स्थानीयको आरोप छ । विद्यालयले मंगलबारनै शिक्षक छनौटको लागी परिक्षा तोकेको छ ।

अदालतमा विचाराधीन मुद्दाको फैसला नहुदै विद्यालयमा मावी तहको अङ्ग्रेजी शिक्षक नियुक्ति गर्न लागेको भन्दै तालाबन्दी गरेको स्थानीय हर्क ढाँटले बताए ।

विद्यालय व्यवस्थापन समिति गठन गर्नेबेला एकलौटी ढंगबाट रातीको १२ बजे दुईचार जनाले एउटा कोठामा बसेर समिति गठन गरे, त्यसरी एकलौटी ढंगबाट गठन गरेको व्यवस्थापन समिति विरुद्ध अदालतमा विचाराधीन रहेको अवस्थामा गाउँपालिकाका जनप्रतिनिधि र शिक्षा शाखाको सक्रियतामा नियमविपरीत शिक्षक भर्ना गर्न लागेपछि विद्यालय र पालिकामा तालाबन्दी गरेकाे उनको भनाई छ ।

´ यता गाउँपालिका अध्यक्ष प्रेम बहादुर बोहराले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया र शिक्षक भर्नाको सम्बन्धमा आफुहरुको कुनै भुमिका नरहेको बताए ।

उनले पालिकामा उजुरी आएको र उक्त उजुरीको बिषयमा दुईपक्ष बिच छलफल गराउने प्रयास गर्दा समेत सफल नभएको र अहिले एक्कासि आएर तालाबन्दी गरेको बताए । सोमबार मात्रै उच्च अदालत दिपायलको शेषराज शिवाकोटी ईजलासले उक्त मुद्दामा लिखित जवाफ माग गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।