घरमा भ्यागुतो आयो भने के हुन्छ ? शुभ कि अशुभ… ?थाहा पाउनुहोस
प्रमुख पात्र भ्यागुतो भएका लोककथा र बालकथाहरू अनगिन्ती छन्। तर ‘वैज्ञानिक प्रयोगमै आधारित’ भनिएको र व्यापकरूपमा सुन्ने–सुनाइने गरेको एउटा कथा भने अत्यन्त त्रासदमात्रै होइन हामी सबैलाई तर्साउने र बिउँझाउने चरित्रको छ।



धेरैलाई कन्ठस्थ होला यो कथा– म आज फेरि पनि त्यही कथा सम्झँदैछु।एउटा घरको भान्साको पछिल्लो ढोका खुल्लै रहेछ। त्यसकै बाहिरपट्टि ससाना कीराको सिकार गर्दै एउटा भ्यागुतो विचरण गरिरहेको थियो।
आफ्नो सिकारमा केन्द्रित ऊ कहिले चाल मारेर बिस्तारै घिस्रे झैँ गर्थ्यो, कहिले भने मज्जैले उफ्रिन्थ्यो। एउटा कीरालाई पछ्याउँदै जाँदा ऊ भान्साभित्र छिर्योै र कताकताबाट एउटा बडेमानको कराइभित्र खस्यो।
कराइमा आधाभन्दा बढी पानी थियो। गर्मीको बेला, चिसो पानीमा तैरिँदा उसलाई गजब आराम र सुखको अनुभूति भयो। वरिपरिको खतरासँग बेखबर भ्यागुतो आफ्नै सुरमा आराम गरिरहेको थियो। त्यहीबेला घरमालिक भान्सामा पस्यो।
पानी तताउँछु भनेर हेर्दा त कराइमा भ्यागुता पो देख्छ! एकछिन त के गरुँ के गरुँ भयो उसलाई। तर, जिज्ञासु स्वभावको भएकाले उसले चुपचाप भ्यागुताको गतिविधि हेरिरह्यो। भर्खरै अघाउँजी कीराहरूको सिकार गरिसकेको भ्यागुता भने धेरै नचली चिसो पानीमा रमाएर आरामका साथ बसिरह्यो।
भ्यागुतोले के गर्दो रहेछ भनेर हेरिरहेको मानिसको धैर्य जब कम हुँदै गयो, उसलाई एउटा कौतुहलले कुत्कुत्याउन थाल्यो। कराइको पानीलाई बिस्तारै तताउन थाल्यो भने भ्यागुतो के गर्दो होला भनेर! अनि अत्यन्त सानो आँचमा बिस्तारै त्यो कराइ तताउन थाल्यो।
पानी यति बिस्तारै तात्यो, कि त्यो तापलाई भ्यागुतोले अनुभूत नै गर्न सकेन। बिस्तारै तातिरहेको पानीको तापलाई उसले सहजै स्वीकार गर्योय। आनन्दै मानेर बसिरह्यो। उफ्रिनुपर्ने, कराइबाट निस्कनुपर्ने उसले कुनै आवश्यकता नै देखेन। घन्टौँ लगाएर पानी बिस्तारैबिस्तारै तात्दै गयो, बेखबर भ्यागुताको शरीर पनि बिस्तारै पाक्दै गयो। अनि…!!! आखिरमा भ्यागुतो मर्यो्।
भनिन्छ, उन्नाइसौँ शताब्दीमा विभिन्न जिज्ञासुले प्रयोगशालामै यो प्रयोग गरेर हेरेका थिए रे। छिटोछिटो पानी तात्दा भ्यागुता उफ्रन्थ्यो रे। ढिलो तात्दा चुपचाप मर्थ्यो रे। अहिलेका वैज्ञानिकहरू त्यो ‘प्रयोग’मा धेरै खोट देखाउँछन्।
तर, ती प्रयोगहरूमा कति वैज्ञानिकता वा वस्तुपरकता थियो, त्यसको लेखाजोखा गर्नु अहिले आवश्यक छैन। सांकेतिकरूपमा यो कथाले जे भन्न खोजेको छ, त्यो भने स्पष्ट छ।




















