२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

सभापति देउवाको आक्रोश : कांग्रेस बिग्रिएको जिम्मा रामचन्द्र पौडेलले लिनुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति अन्तर्गत गठन भइसकेको विभागबारे कुनै पनि छलफल गर्न आफू तयार नरहेको बताएका छन्। 

सोमबार पार्टी कार्यालय सानेपामा बसेको वर्तमान र पूर्व पदाधिकारीको बैठकमा सभापति देउवाले संस्थापन इतर समूहलाई यस्तो जवाफ फर्काएका हुन्।  

‘विभागका प्रमुखहरुलाई ब्याक गर्ने, गठन भइसकेको विभाग खारेज गर्ने त कुरै छैन,’ देउवालाई उद्धृत गर्दै उनीनिकट एक विभागका प्रमुखले थाहाखबरसँग भने, ‘ब्याक हुने कुनै छैन।’ 

उनले सहमति भनेर भागबण्डा गर्नका लागि सभापतिले हार्दिकता देखाएकोले नै पार्टी बिग्रिएको जिकिर गर्दै यसको सबै जिम्मा वरिष्ठ नेता रामचन्द्र पौडेलले लिनुपर्ने पनि बताए। 

‘जानाजान कोही खाडलमा फस्न चाहँदैन नी। विभाग खारेज गरेपछि सभापतिले के गर्ने? विभागहरु विधानसम्मत नै गठन भएका हुन्,’ उनले  भने, ‘सहमतिको नाममा अनेक बखेडा झिकेकैले अहिले पार्टी यो हालतमा आयो।’

उनले सहमतिकै नाममा भातृसंगठनहरु पनि बिग्रिएको दाबी गरे। ‘सहमतिकै नाममा नेवि संघको हालत यस्तो भयो, तरुण दल उस्तै छ’, उनले अगाडि भने, ‘अरु के के बिग्रेको कसैलाई पत्तो छैन। सभापतिलाई गाली गरेर मात्रै पार्टी सप्रिने होइन नी।’  

बैठकमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री नेता कृष्णप्रसाद सिटौला, उपसभापतिद्वय विजयकुमार गच्छदार र विमलेन्द्र निधि, महामन्त्रीद्वय शंशाक कोइराला र पूर्ण बहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री प्रकाशशरण महत सहभागी थिए।

त्यस्तै संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, ज्ञानेन्द्र बहादुर कार्की, रामशरण महत, मिनेन्द्र रिजाल, रमेश लेखक, आनन्द प्रसाद ढुंगाना, एन पी साउद, बल बहादुर केसी, चन्द्र भण्डारी, गगन थापालगायतका नेता पनि उपस्थित थिए।

आज बसेको बैठक मंगलबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको जानकारी नेता गोपालमान श्रेष्ठले दिएका छन्। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।