२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

मेला हेरेर फर्किरहेकी बालिकालाई बलात्कार प्रयास

सप्तरी- दशैंको मेला हेरेर फर्किरहेकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले राजगढ गाउँपालिका–१ झुटकीका २२ वर्षीय मुकेशकुमार यादवलाई पक्राउ गरेको छ ।

बलात्कार प्रयासका आरोपित यादवलाई पक्राउ गरी आज जिल्ला अदालतबाट म्यादसमेत थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दशैंमा लागेको मेलाबाट घर फर्किरहेकी बालिकालाई यादवसहित २७ वर्षीय शैलेन्द्र यादव र २४ वर्षीय मिथलेशकुमार मण्डलले दशैंका दिन यही कात्तिक १० गते बलात्कार प्रयास गरेको पीडितले बताए ।

बलात्कार प्रयास गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा कात्तिक ११ गते उजुरी दर्ता गराएका  छन् ।

पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मङ्गलबार स्वास्थ्य परीक्षण गरिएको छ । अन्य आरोपितको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भुवनेश्वर साहले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।