२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

वृद्धामाथि करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- उपचार सहयोगीको बहानामा भारत लगेर वृद्धामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । 

पक्राउ पर्नेमा लमजुङको बेँसिशहर घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ बस्ने चन्द्रबहादुर अधिकारी रहेको ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । श्रीमतीको उपचारका लागि भारत लैजानुपर्ने भएकाले उनको हेरचाहका लागि भन्दै लगेर वृद्धालाई यौन शोषण र करणी गरेको निवेदनका आधारमा पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । यसअघि वृद्धालाई उनले घरेलु कामदारका रुपमा राख्दै आएका थिए ।

घटना गत साल पुसको हो । उनले वीरगञ्जको रक्सौलहुँदै कोलकाता पु¥याएर यौन शोषण गरी जबरजस्ती करणी गरेको भनी जाहेरी परेको जनाइएको छ । त्यसपछि अधिकारी फरार थिए । 

सोही निवेदनका आधारमा खोजी अभियानका क्रममा उनलाई चितवनको तोरीखेत भन्ने स्थानमा लुकिछिपी बसेकोे अवस्थामा शनिबार पक्राउ गरी काठमाडौँ ल्याइएको छ । उनको विषयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।