बैतडी- बैतडीमा गिट्टि निकाल्ने क्रममा ढुङगाले लागेर एक महिलाको मृत्यृ भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ खोड्पेकी ४० बर्षीय कौशा बिष्ट सोमबार गिट्टि निकाल्ने क्रममा माथिबाट खसेको ढुङगा लागेर गम्भीर घाईते भएकी थिईन ।



घाईते बिष्टलाई उपचारको लागी डडेल्धुरा अस्पताल लगिएकोमा उपचार सम्भव नभए पछि धनगढी रेफर गरिएको थियो । गम्भीर घाईते भएकी बिष्टको धनगढी लैजादै गर्दा बाटोमै मृत्यृ भएको आफन्तले बताएका छन ।
Views: 224


















