२०८३ कार्तिक २ आईतवार
२०८३ कार्तिक २ आईतवार

कृष्णपुरमा माटोको ढिस्कोमा पुरिएर तीन किशोरी घाइते

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा आज बिहान माटोको ढिस्कोमा पुरिएर तीन किशोरी घाइते भएका छन् ।

घर पोत्ने माटो लिन स्थानीय किचाँही जङ्गलमा गएका किशोरी माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

घाइते हुनेमा कृष्णपुर–४ बालुवाटारकी १६ वर्षीया कृपा सिंह, १७ वर्षीया कमला धामी र कैलालीको गोदावरी नगरपालिका–११ की मीना ठगुन्ना रहेको प्रहरीले जनाएको छ । “गोदावरीकी ठगुन्ना आफन्तको घरमा आएका बेला माटो लिन गएका बेला घाइते भएकी हुन्”, प्रवक्ता थापाले भने, “घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।” रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।