गोकर्ण पाण्डे/गुल्मी- गुल्मी छत्रकोट गाउँपालिका वार्ड न ३ भालुपानीमा भगवान हनुमानको मन्दिर शिलन्यास गरिएको छ । छत्रकोट –४ श्रीङ्गा निवासी पोमलाल कंडेल तथा गीता कंडेलले मन्दिर निर्माण कार्य गरेर समुदायमा हस्तान्तरण गर्ने बताउनुभयो ।



२ महिनामा निर्माण कार्य सकेर आउँदो हनुमान जयन्तीको अवसर पारेर भब्य कार्यक्रमकासाथ मन्दिर उद्घाटन गरिने पोमलालले बताउनुभयो । आफू हनुमानको भक्त भएकोले सो स्थाननजिकै हनुमानको मन्दिर नभएकोले आफूले मन्दिर बनाउन लागेको कंडेलकी श्रीमती गीताले बताउनुभयो ।
कंडेलले धार्मिक, साँस्कृतिक सम्पदा, आफ्नो सस्कृती रीतिरिवाज भएकोले मन्दिर निर्माण गर्न आफू लागेको बताउनुभयो । कंडेलले केही समय अगाडि आफ्नो जन्मभूमि नजिकै रहेको कारपोखरा दुर्गा मन्दिरमा पनि मन्दिर प्रवेश गेट निर्माण गरेको बताउनुभयो ।
आफू प्रायः लण्डन रहेपनि आफ्नो प्रतिनिधि कान्छा सुपुत्र बिपिन कंडेलले मन्दिरको शिलन्यास गर्नुभएको हुँदा आफुहरु निकै खुःसी रहेको स्थानियको भनाई छ ।
कंडेल परिवारले यति मात्र नभई रुरु क्षेत्रमा रहेका वृद्धवृद्धा, साधु, दिन–दुःखी, तथा बिपन्न वर्गका परिवारलाई सहयोग गर्दै अाउनु भएको छ।

























