बैतडी प्रहरीद्धारा १ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।



महाकाली नदीमा ट्युबमार्फत ल्याइएका सामग्री सदरमुकाम गोठलापानी बजार नजिकबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार लुकाई छिपाई सु.प.प्र ००१ ज १२३१ नं को जीपमा ल्याउदै गरेको ६ पेटी सलाई, ७ बोरा चप्पल र २ वटा जिपको टायर गरी अन्दाजी १ लाखको सामान बरामद गरिएको हो । सामान बरामद गरिएको भएपनि मानिस भने फरार रहेको प्रहरीले जनाएको छ ।
Views: 163




















