२०८३ कार्तिक २ आईतवार
२०८३ कार्तिक २ आईतवार

टीकापुर नगरपालिकाका नगर प्रमुख रावललाई कोरोना पुष्टि

टीकापुर, १७ कार्तिक । कैलालीको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावललाई कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको ल्याबमा गरिएको परीक्षणमा रावललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

नगर प्रमुख रावललाई सामान्य रुघाखोकी र केही दिन अघि ज्वरो आएको थियो । नगर प्रमुख रावलले आफ्नो फेसबुकमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

रावलले लेखेका छन् ‘सावधानी अपनाउँदा अपनाउँदै पनि मलाई कोरोना पुष्टि भएको छ । हाल म घरमै आइसोलेसनमा बसिरहेको छु । यो अवधिमा मेरो सम्पर्कमा रहनु भएका सम्पूर्ण महानुभावहरुलाई सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’

त्यस्तै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावललाई समेत कोरोना पुष्टि भएको छ ।

उनले समेत फेसबुकमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छन् । यसअघि नगर पालिकाका ६ जना कर्मचारीमा समेत कोरोना पुष्टि भएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।