कञ्चनपुर- कञ्चनपुरमा एक गाडीमा आगलागी भएको छ । गए राति एक बजे तिरको समयमा भिमदत्त नगरपालिका –४ को जिल्ला वन कार्यालयमा राखिएको म १ च ३०१ नम्बरको बुलेरो गाडीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।



आगलागी हुँदा गाडीको अगाडीको भाग जलेर नष्ट भएको र प्रहरीसहितको टोलीले आगो निभाएको उनले बताए । आगलागीको कारण भने खुलिसकेको छैन । ब्याट्री सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
करिब १ महिनाअघि डडेल्धुराको पर्शुराम नगरपालिका –१२ जोगबुढाका वीर बहादुर धामीको गाडी काठ सहित पक्राउ परेको र सो गाडी प्रहरीले नियन्त्रणमा लिई वन कार्यालयलाई बुझाएको प्रवक्ता थापाले बताए । प्रहरीका अनुसार उक्त काठ चोरी सम्बन्धी मुद्दा चलिरहेको थियो ।
Views: 139

























