२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

कोरोनाका बिरामीको उपचार गाँजाबाट हुनसक्ने वैज्ञानिकको निष्कर्ष

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट गम्भीर बनेका बिरामीको गाँजाबाट उपचार हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।

अमेरिकास्थित साउथ यारोलिना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

वैज्ञानिकहरुले यसबारेमा तीनवटा अध्ययन गरेका थिए । तीनै अध्ययनमा गााँजाको माध्यमबाट कोरोनाका गम्भीर बिरामीलाई उपचार हुनसक्ने निष्कर्ष निकालिएको छ । यद्यपि यो अन्तिम निष्कर्ष भने होइन ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

वैज्ञानिकहरुका अनुसार गाँजामा हुने टिएचसी नामक पदार्थले कोरोना संक्रमितको उपचार हुने सम्भावना छ । उक्त पदार्थले मानिसलाई खतरनाक इम्युन पावरबाट बचाउँछ ।

डेलिमेलले तयार पारेको समाचारका अनुसार शुरुमा मुसामा यसको प्रयोग गरिएको थियो । शुरुमा मुसामा एक टक्सिन दिएर टिएचसी प्रयोग गरिएको थियो ।

उक्त मुसा बाँचेको थियो र अन्य मुसा मरेका थिए ।

यसबारेमा वैज्ञानिकहरुले थप अनुसन्धान गरी अन्तिम निष्कर्ष निकाल्ने बताएका छन् । अमेरिकाका धेरै राज्यमा गाँजाको प्रयोग वैधानिक मानिए पनि कैयन् राज्यले प्रतिबन्ध लगाएका छन् ।

नेपालमा पनि गाँजाको प्रयोगलाई अवैधानिक मानिँदै आएको छ ।

एजेन्सीहरूको सहयोगमा

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।