२०८३ कार्तिक ४ मंगलवार
२०८३ कार्तिक ४ मंगलवार

कर्मचारी नहुँदा सेवा प्रभावित

काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–६ देवीटारस्थित इलाका प्रशासन कार्यालयका कर्मचारी कार्यालयमा उपस्थित नभएपछि सेवाग्राही सेवाबाट वञ्चित भएका छन् । कार्यालयका प्रमुखसहितको सबै कर्मचारी कार्यालयमा उपस्थित नभएपछि सेवाग्राही पुगेर दुःख मात्रै पाएका छन् ।

महाभारत गाउँपालिका–८ का रमेश सिंतान र जितराम सिंतान र वडा नं. ६ का सुस्मिता बजुले नागरिकता बनाउन सो कार्यालय पुगेपनि त्यत्तिकै फर्कनुभएको गुनासो गरे । कार्यालयका कामु प्रमुख रामप्रसाद तिमल्सिनाले भने कामको शिलशिलामा जिल्ला सदरमुकाम आएको बताए ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने कामु कार्यालय प्रमुख कार्यालयको कामको शिलशिलामा सदरमुकाम आएको र छिट्टै फर्कने जानकारी पाएको बताए । विसं. २०७५ साल जेठ ९ गते सो कार्यालय स्थापना गरी सेवा शुरु गरिएको थियो ।

कार्यालयबाट नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि वितरण र राहदानीका लागि सिफारिशसँगै शान्ति सुरक्षा कायम, लागुऔषध र मदिराजन्य पदार्थको नियन्त्रण गर्न स्थानीयस्तरमा समन्वय गरेर काम गर्न अधिकार प्रत्यायोजन गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।