कैलाली- नेविसंघ नेता दिपक ओझाको रिहाईको माग गदैँ जिल्ला प्रशासन कार्यालय कैलालीमा नेपाल विद्यार्थी संगठन (नेविसंघ) ले धर्ना दिएको छ ।



कैलालीको गोदावरी–४ घर भएका नेता ओझालाई रिहाईको माग गदैँ विरोध प्रदर्शन गदैँ आएका छन् । अत्तरियाबाट मोटरसाईकल ¥याली सहित प्रशासन पुगको नेविसंघ कार्यकर्ताहरुले एक घण्टा धर्ना दिएका हुन् ।
धर्नापछि नेपाली काँग्रेस कैलालीका पार्टी सदस्य नृप सुनारले आफ्नो कार्यकर्ता अनाहकमा पक्राउ गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । ‘अन्यायविरूद्ध लड्ने र अन्याय नसहने हाम्रो मौलिक चरित्र हो ।
यसको परिणाम यो भ्रष्ट सरकारले ब्यहोर्छ,’ उनले भने । उनले आफ्ना नेताहरूलाई श्रृंखलावद्ध रूपमा पक्राउ गरी झुटा मुद्दा लगाउने सरकारी अहंकारले आफूहरूलाई विरोधमा उत्रिएको बताए ।
कार्यक्रममा नेविसंघ कैलालीका पुर्व सभापति कृष्ण कुवँर, नेविसंघ कैलालीका सभापति भेष वम, नेविसंघका क्षेत्रिय सभापति गणेश शाह लगायतले मन्त्व्य व्यक्त गरेका हुन् ओझालाई प्रहरीले कार्तिक १२ गते अत्तरिया कैलालीबाट नियन्त्रणमा लिएको थियो ।
बिनाकसुर सत्ता र शक्तिको आडमा प्रहरी प्रशासनमार्फत् नेविसंघ नेताहरूलाई पक्राउ र यातना दिइनु सरकारको अमानवीय र निन्दनीय रबैया भएको नेविसंघले जनाएको छ ।

























