पक्राउ परेका ११ जानाकाे नाम दुई दिनपछि सार्वजनिक गर्याे । पत्रकारले सामाजिक संञ्जाल माग र दबाब दिएका थिए ।



दिपकराज भट्ट / डडेल्धुरा – जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शुक्रबार अमरगढी नगरपालिका–५ सुंगुरखालीमा जुवाखालबाट पक्राउ परेका ११ जना पक्राउ गरेकाे थियाे । पक्राउ परेकाको नाम भने अाज ( अाईतबार ) सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा वडा नम्बर ५ का ३३ वर्षीय मनोज सिजापती, ४८ वर्षीय सुन्दर जैरु, ३८ वर्षीय ज्ञानेन्द्र पाल्पाली, ५१ वर्षीय कृष्ण रायमाझी, २७ वर्षीय जयबहादुर पुनमगर, ३० वर्षीय मिलन थापा, ३५ वर्षीय गणेश थापा, ३५ वर्षीय सनी पाल्पाली, वडा नम्बर ४ का ४८ वर्षीय इन्द्रबहादुर थापा, भागेश्वर गाउँपालिका–५ का ४१ वर्षीय राजेन्द्र नाथ र बैतडीको पाटन नगरपालिका–९ का ३५ वर्षीय लोकेश भट्ट रहेका छन् ।
१८ हजार नगदसहित पक्राउ परेका उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेको र हामिले फरार रहेकाकाे खाेजि कार्य निरन्तरता दिने जिल्ला प्रहरी प्रमुख महेन्द्र नेपालले बताउनु भएकाे छ ।
यसरी सामाजिक संञ्जालमा सुचनाका लागि माग र दबाब गरेका थिए डडेल्धुराका पत्रकारहरुले –

























