२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

दार्चुलाको नौगाडबाट १४ जना जुवाडे पक्राउ

दार्चुला, १६ कात्तिक । दार्चुलाबाट  १४ जना जुवाडे पक्राउ परेका छन् । नौगाड  गाउँपालिकाको वडा नम्बर ३ खार गाउँबाट ६० हजार ४ सय नगद सहित १४ जना जुवाडेलाई  पक्राउ गरेको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

दल्लेख प्रहरी चौकीका प्रहरी नायब निरीक्षक केशबदत्त पन्तको नेतृत्वमा खटिएको टोलीले शनिबार राती जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर ३ का रमेशसिह ठगुन्ना, रायसिह ठगुन्ना, रामसिह ठगुन्ना, बसन्त ठगुन्ना, मनबिर ठगुन्ना, नन्तु ठगुन्ना, दानसिह धामी, मानसिह ठगुन्ना, करनसिह ठगुन्ना, जगतसिह ठगुन्ना, देबसिह ठगुन्ना, मानबहादुर ठगुन्ना, पदम सिह धामी र तेजसिह ठगुन्ना रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिइ  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।