२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

 नेपालमा थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १६ कात्तिक ।  नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई हजार आठ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा १३ हजार २३ जनाको नमुना सङ्कलन भएको हो । त्यस्तै गएको २४ घण्टामा तीन हजार ६ सय २० जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ३४ हजार आठ सय ४२ पुगेको छ ।  

अब नेपालमा ३७ हजार सात सय ६५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै दुई हजार तीन सय ८६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।   

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।