२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

बाजुरामा जीप दुर्घटना हुँदा १ बालकको मृत्यु, २ जना घाइते

बाजुरा- बाजुरामा जीप दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ ।

जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ४ को बेलकाट्या भन्ने स्थानमा फलासैनीबाट आइरहेको  से १ ज ११८० नम्बर जीप दुर्घटना हुँदा सोही ठाउँका अन्दाजी ४ वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा बुढीगंगा नगरपालिका वडा नम्बर ४ कै २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जीप र चालक प्रहरी चौकी बार्जुगाडले नियन्त्रणमा लिएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।