२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

डोटीमा सामुदायिक विद्यालय सुधारका लागि अक्षयकोष

डोटी – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खगेन्द्रबहादुर साउदले दिपायल सिलगढी नगरपालिका–९ कलेनास्थित तेडी माध्यमिक विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।

सो नगरपालिकाका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयमा एक लाख दिने प्रतिबद्धतानुसार डोटी चेम्बर्स अफ कमर्शका अध्यक्ष साउदले आफ्ना आमा इन्द्रादेवी साउद र बुबा खड्गबहादुर साउदको नाममा उक्त चेक नगरका वडा नं. ९ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर साउदलाई हस्तान्तरण गरे ।

नगरपालिकामा ५० सामुदायिक विद्यालय छन् । ‘राष्ट्रकालागि योगदान’ संस्थाका जिल्ला संयोजक दीपेन्द्र खड्काले सोही विद्यालयमा  पाँच हजार ५०० र नेपाल स्वयंसेवक सङ्घ जिल्ला कमिटीका संयोजक धनबहादुर कुमालले  १० हजार रकम सहयोग गर्नुभएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।