२०८१ माघ ३ बिहीबार
२०८१ माघ ३ बिहीबार

आजको मौसम कस्तो छ ?

काठमाडौं, ७ साउन  ।  जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ । भारी वर्षाको सम्भावना रहेका बाहेका स्थानमा सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

भारी वर्षाको सम्भावना रहेका स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

मनसुन सक्रिय रहेकाले बाढी, पहिरो तथा डुबानको सम्भावना रहे पनि अघिल्ला दिनहरुको तुलनामा केही कम हुने मौसम विद् विभूती पोखरेल बताउँछिन् । उनका अनुसार साँझपख मनसुन तुलनात्मक रुपमा धेरै सक्रिय हुनेछ । यद्यपि हिजो अस्तिको जस्तो ठूलो वर्षा आज नहुने उनको भनाइ छ । 

“आज काठमाडौं उपत्यकामा अपरान्ह पछि वर्षा हुने सम्भावना छ । तर अघिल्ला दिनहरुको जस्तो बाढी आउने र डुबान हुने तहको वर्षा भने आज काठमाडौंमा हुने छैन,” उनले भनिन्, “तर भारी वर्षाको सम्भावना रहेको क्षेत्रमा भने बाढी पहिरोको सम्भावना रहेकाले सतर्क रहनुपर्ने छ ।”

उनले लगातारको पानीले माटो गलेका कारण घाम लागेको अवस्थामा पनि पहिरो जानसक्ने भन्दै पहाडी र तथा हिमाली क्षेत्रमा नागरिक चनाखो रहनु पर्ने मौसमविद् पोखरेल बताउँछिन् ।  

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।