सुरेश धामी/ बझाङ- बझाङमा थप दुई जना सुरक्षाकर्मिमा कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार जिल्ला अस्पताल बझाङको प्रयोगशालामा परीक्षण गरीएका नयाँ ६ वटा नमुनाहरु मध्य जिल्ला प्रहरी कार्यालयका २ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टी भएको हो ।



यो संगै जिल्लाभर कोरोना संक्रमितको संख्या ६२७ पुगेको छ । यस अधि पनि शुक्रबार दुई जना सुरक्षाकमी सहित १० जना कोरोना संक्रमित भेटिएका हुन् ।
जिल्ला भर ५ सय ७७ जनाले हाल कोरोना संक्रमण जितेका छन् भने ४८ जना हाल आइसोलेसनमा बसिरहेका छन् । ३ जनाको भने कोरोनाका कारण मृत्यु भइसकेको छ ।
Views: 180

























