२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

बुङ्गल नगरपालिका भित्रका बिद्यालयमा सोमबार देखि नियमित पठनपाठन संञ्चालन गरिने

सुरेश धामि/ बझाङ : कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेका बुङ्गल नगरपालिका भित्रका विद्यालयहरुमा सोमबार देखि पठनपाठन संञ्चालन गरिने भएको छ । कोरोना महामारी बढ्दै गएपछि सरकारले घोषणा गरेको लकडाउनका कारण चैतदेखि बन्द रहेका सामुदायिक तथा निजि विद्यालयहरु ७ महिना पछि संञ्चालन गर्न थालियको हो ।

शुक्रबार बुङ्गल नगरपालिका शिक्षा शाखा र नगरपालिका भित्रका सम्पुर्ण बिद्यालयका प्रधानाध्यापकहरुको (प्र.अ ) बैठक बसि स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाई शनिबार बाहेक अन्य सार्वजनिक विदाको दिन पनि पढाइ संञ्चालन गर्ने निर्यण गरेको कन्या माद्यामिक विद्यालयका प्रधाना ध्यापक पिरलाल धामीले बताए ।

सरकारको पछिल्लो निर्णय सँगै अधिकांश विद्यालयहरुले वैकल्पिक माध्यममा पढाई संचालन गरे पनि बुङ्गल नगरपालिकाका भित्रका बिद्यालयहरुमा भने इन्टरनेट र सञ्चार माध्यमको राम्रो पहुँच नभएका कारण वैकल्पिक माध्यम बाट पढाई संचालन गर्न नसकिने भए पछि शैक्षिकसत्र लम्बिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सामुदायिक तथा निजि बिद्यालय पूर्णरुपमा संचालन गरिन लागिएको बुङ्गल नगरपालिका शिक्षा शाखा संयोजक धनकृण रेक्मी बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।