काठमाडौं, ७ साउन । रहिम स्ट्रर्लिङको दोहोरो गोल मद्दतमा म्यानचेस्टर सिटीले मंगलबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डमाथि ४(० को जित हात पारेको छ। सिटीको जितमा रहिम स्ट्रर्लिङले दुई तथा फिल फोडेन र एम्रिक लापोर्टेले एक एक गोल गरे।
खेलको ३१ औं मिनेटमा स्ट्रर्लिङले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। ४० औं मिनेटमा स्ट्रर्लिङको प्रहार गरेको पेनाल्टी वाट्फोर्डका गोलकिपरले बचाएका थिए। तर, स्ट्रर्लिङले रिबाउन्डमा गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए।
खेलको ६३ औं मिनेटमा फोडेनले सिटीका लागि तेस्रो र लगत्तै लापोर्टेले चौथो गोल गरे।
जितसँगै दोस्रो स्थानको सिटीले ३७ खेलमा ७८ अंक जोडेको छ। वाट्फोर्ड ३४ अंक जोडेर १७ औं स्थानमा रहेको छ।
Views: 72