२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

सुदूरपश्चिम प्रदेशका थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, १४ कार्तिक । सुदूरपश्चिम प्रदेशका थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका २ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ८४ जनाको परीषण गर्दा थप २५ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलाली १६ र कञ्चनपुरका ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाका अनुसार धनगढी उपमहानगरपालिकाका मात्र ९ जनामा संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिकाको वडा नम्बर १ का २ महिला र ४ पुरुष गरी ६ जना, वडा नम्बर ४ का १ जना र वडा नम्बर ५ का २ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै टीकापुर नगरपालिकाका ३ महिला र १ पुरुष गरी ४ जना,घोडाघोडी नगरपालिकाका २ पुरुष, गोदावरी नगरपालिकाका १ जनामा पनि कोरोना संक्रमण देखिउको उहाले बताउनु भयो । यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ महिला र ५ पुरुष गरी ७ जना, पुनर्वास नगरपालिका र बेल्डाडी गाउँपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बतानु भयो ।

यस्तै बझाङ जिल्ला अस्पतालमा गरिएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ९६ जनाको परिक्षण गरिएकोमा १० जनामा कोरोना पुष्टी भएको हो ।

संक्रमण पुष्टी हुनेमा बझाङको जय पृथ्वी नगरपालीकाका ६ जना, सुर्मा गाउँपालीकाका २ जना र बझाङमा कार्यरत २ जना सशस्त्र प्रहरीमा पनि कोरोना पुष्टी भएको जिल्ला अस्पताल बझाङका प्रयोगशाला इन्चार्ज नरेश खड्काले जानकारी दिनुभयो ।

उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १ जनामा संक्रमण पुष्टि भएको छ । ३८ जनाको कोरोना परीक्षण भएकोमा १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका १ पुरुषमा कोरोना संक्रमण भेटिएको बताउनु भयो ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा ५ जना कोरोना सक्रमण पुष्टि भएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ३ सय ५३ पुगेको छ । संक्रमण पुष्टि भएका ८ हजार १८ सय बढीले कोरोना जितेका छन भने २३ जना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।