गुल्मी– कतारमा सातवर्ष पसिना बगाउँदा समेत सोंचे जस्तो कमाई नभएपछि गुल्मीका एक युवाले स्वदेशमा कालिज पालनमा रमाउनुभएको छ ।



कतारमा सात बर्ष सम्म काम गरेर फेरी परदेश नजाने गुल्मी रेसङगा नगर पालिका वार्ड न १० का हुमाकान्त अर्यालले अब कालिज पालनबाटै आम्दानी गर्ने बताउनुभयो । आफ्नै जन्म भुमिमा पसिना बगायर सबै परिवार सङै रहेर काम गर्दा आनन्द हुने थोरै आम्दानी भएपनि यसैमा सन्तुस्टि भएको अर्यालले बताउनुभयो ।
उहाँले खाडीमा पसिना बगाउनु भन्दा स्वदेशमा गरिने कामको कमाई र सम्मान ठूलो हुने भएकाले युवालाई खाडीमा होइन गाउँमै केही गर्न सुझाव दिनुभयो ।

Views: 136

























