गुल्मी- गुल्मीमा ६ सय ३३ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्लामा कुल संक्रमित ६ सय ९९ मध्ये ६ सय ३३ जना कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयाे ।



जिल्लामा हाल ५८ जना मात्रै कोरोना संक्रमित उपचारत रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । आइसोलेसनमा राखेर संक्रमितहरुको उपचार भइरहेको छ । कोरोना संक्रमणबाट गुल्मी जिल्लामा ८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
Views: 161




















