२०८३ भाद्र १२ शुक्रबार
२०८३ भाद्र १२ शुक्रबार

विश्वमा थपिए २४ घण्टाभित्र ५ लाख ४५ हजार कोरोना संक्रमित

काठमाडौं :  विश्वभर कोरोना संक्रमित हुनेको संख्या हालसम्मकै उच्च रहेको छ।

पछिल्लो २४ घण्टामा विश्वमा हालसम्मकै धेरै ५ लाख ४५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो। यसअघि बुधबार मात्रै ५ लाख ७ हजार भन्दा बढी संक्रमित भएका थिए।

पछिल्लो पटक सबैभन्दा बढी अमेरिकामा ९१ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। त्यस्तै भारतमा ४९ हजार तथा ब्राजिलमा २६ हजार भन्दा बढी संक्रमित थपिए। पछिल्लो समय अमेरिका र भारतमा दैनिक संक्रमितको संख्या उच्च रहेको छ।

अमेरिकामा संक्रमित संख्या ९२ लाख नाघेको छ। त्यस्तै भारतमा कोरोना संक्रमित हुने ८० लाख तथा ब्राजिलमा ५४ लाख भन्दा बढी पुगेका छन्। विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ४ करोड ५३ लाख भन्दा बढी रहेका छन्।

यस्तै विगत २४ घण्टामा विश्वभर ७ हजार भन्दा बढीको मृत्यु भएको छ। अमेरिकामा सबैभन्दा बढी १ हजार ४७, भारतमा ५ सय ६८ तथा ब्राजिलमा ५ सय ६५ जनाले ज्यान गुमाएका छन्।

कोरोनाबाट विश्वमा मृत्यु हुने मानिसको संख्या ११ लाख ८५ भन्दा बढी रहेको छ। विश्वभर कोरोना संक्रमणमुक्त हुने मानिस ३ करोड २९ लाख भन्दा बढी पुगेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।