धनगढी, १४ कार्तिक । कात्तिक ३ गते कोरोना उपचारका लागि भर्ना भएकी कैलालीकी संक्रमित महिलाको मृत्यु भएको छ ।



कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ की २८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।
भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले छाला र मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेकी महिलाको संक्रमणबाट मृत्यु भएको जानकारी दिएकी छन् ।
Views: 161


















