२०८३ असार ३० मंगलवार
२०८३ असार ३० मंगलवार

दशैंका दिन भारतमा कुटिएका विद्यार्थीमध्ये २ जना महेन्द्रनगर पुगे

धनगढी, १३ असोज । दशैंको दिन भारतको देहरादुन स्थित आश्रममा निर्घात कुटिएका मध्ये २ जना नेपाली विद्यार्थी महेन्द्रनगर आइपुगेका छन् ।

देहरादुनको भगवान्तपुर, पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत ५१ जना विद्यार्थी १० कात्तिकमा कुटिएको उनका अभिभावकहरूले बताएका थिए । ती मध्ये ५ जना भागेर नेपाल–भारत सीमा नाका गड्डाचौकी पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

५ जना मध्येमा ३ जना भारतीय र २ जना नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । ‘५ जना मध्ये २ जना नेपाली मकवानपुरका नविन तामाङ  र बाग्लुङका भुमीराज घर्तीमगर रहेका छन ।  भारतीय विद्यार्थीलाई भने फर्काइएको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए । 

५१ जनालाई नेपाल फर्कन लागेको निहुँमा देहरादुन स्थित शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले १० कात्तिकमा निर्घात कुटपिट गरेको विद्यार्थीका अभिभावकहरूले बताएका थिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।