२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

विप्लव समूहका मेची कोशी ब्युरो कमिसारसहित दुई पक्राउ

काठमाडौं : नेकपा विप्लव समूहका पुर्वी कमाण्ड मेची कोशी ब्युरो चौथो कम्पनी कमिसार तथा सप्तरीका सेक्रेटरी काशिनाथ घिमिरे सहित दुई जना पक्राउ परेका छन्।

विभिन्न हिंसात्मक गतिविधि गरेको आरोपमा मोरङका एसपी सन्तोष खड्काको  टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका  १ घुर्मिसेबाट १२ कात्तिक साँझ  सप्तरी सुरुंगा नगरपालिका २ बस्ने ३२ वर्षीय प्रतिक भन्ने काशिनाथ घिमिरे र  इलाम चुलाचुली गाउँपालिका ६ बस्ने पार्टी सदस्य  १८ वर्षीय कमरेड सनम भन्ने विज्ञान राईलाई बन्दोबस्तीका सामानहरु सहित पक्राउ गरेको हो।

मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार उनीहरु  स्थानीय बिजुलीप्रसाद तिम्सिनाको खाली घरमा बस्दै आएका थिए। उनीहरुले सेल्टर लिँदै आएको सूचना प्राप्त भएपछि प्रहरीले घेरा हालेर बस्दोबस्तीका विभिन्न सामानहरु सहित पक्राउ गरेको हो।

उनीको साथबाट १ थान भरुवा बन्दुक , विष्फोटक पर्दाथहरु  जिलेटिन, सुतली बम, सकेट बम, टुकी बम, डेटोनेटर, विभिन्न इलेक्ट्रिक तार,फयुज, पेचकस, १२ थान झोला सहित डायरी र दस्ताबेजहरु बरामद भएको प्रहरीले जनाएको छ।     

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।