२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

पाँच महिना देखि अलपत्र किशोरीको उद्वार

म्याग्दीको धौवलागिरि गाउँपालिका-२ लुलाङमा अलपत्र अवस्थामा भेटिएकी एक किशोरीलाई उद्दार गरेर परिवारको जिम्मा लगाइएको छ।

पाँच महिनादेखि सम्पर्कबिहीन मालिका गाउँपालिका–५ जुग्जाकी १४ वर्षीया जयन्ती गिरीलाई स्थानीय युवा क्लबले सोमबार लुलाङबाट उद्दार गरेर परिवारको जिम्मा लगाएको हो।

गत असारमा घरबाट निस्किएकी गिरी लुलाङमा अलपत्र अवस्थामा भएको सूचना पाएपछि देवीस्थान घरिथोकको सूर्यमुखी युवा क्लब र धवलागिरि गाउँपालिका–७ काफलडाँडाको देवीदेउराली युवा क्लबको टोलीले उद्दार गरेको हो।

आमाको मृत्यु भएपछि परिवारमा बस्ने र पढ्ने वातावरण नभएका कारण विरक्तिएर घरबाट निस्किएकी गिरीलाई पाँच महिनापछि परिवारको जिम्मा लगाएको क्लबका सचिव दिल रानाले बताए ।

उद्दारका लागि सचिव राना, सल्लाहकार बालकुमार फगामी, देवीदेउराली युवा क्लबका लेखबहादुर पुनलगायतको टोली लुलाङ पुगेका थिए। लुलाङका युवा रेशमबहादुर विक, वडाध्यक्ष गमप्रसाद विक, गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले युवतीको उद्दारमा सहजीकरण र समन्वय गरेका थिए।

जयन्तीलाई बुबा कुलबहादुर र दाजु ओमकार गिरिको जिम्मा लगाइएको छ। जयन्तीको पढाइमा क्लबले सघाउने जनाएपछि अभिभावकले पढाउने प्रतिबद्धता जनाएका छन्। जयन्तीले ताकम, मुना र लुलाङमा मागेर खाने गरेकी थिइन्। रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।