२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

पत्रकारितासंगै सामाजिक क्षेत्रमा होमिएका अत्तरियाका पत्रकार भट्ट

जनक महरा \धनगढी – कैलाली बिगत ६ बर्षदेखी अत्तरियालाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका अत्तरियाका सक्रिय पत्रकार हेमराज भट्ट पछिल्लो समय सामाजिक कार्यमा पनि उतिकै सक्रिय रहेका छन् । अत्तरियामा रहेको गोदावरी एफएमका समाचार प्रमुख भट्टसंगै बिभिन्न सामाजि संघसंस्थाहरुमा जोडिदै हरेक दिन दुखीको साहारा बन्न थालेका छन् ।

No description available.

उनले भरखरै मात्रै दशैको अबसरमा गोदावरी नगरपालिका भित्रका अति बिपन्न , गरिब , असहाय , अपाङ्गता भएका भएका ब्यक्तिहरु , बाढी पिडितहरुका लागि सहयोग गर्ने भन्दै अभियान समेत चलाएका छन् । पत्रकार भट्ट संगै युवाको टोलीले सो अभियान मार्फत नगरपालिका भित्रका ३० अति विपन्न परिवारलाई खाध्यान्न बितरण गरिएको छ ।

दशैको कोशेली अभियान अन्र्तगत ३० परिवारलाई दशै तिहारको मुखमा घर घर गएर खाध्यान्न बितरण गरेका हुन् । दैनिक ज्याला मजदुरी गरेर खाने परिवारहरुलाई यस बर्ष कोरोनाका कारण झन समस्या पारेपछि उनीहरुलाई थोरै भएपनि एक दुई दिन मिठो मसिनो खाउन भन्दै देश तथा बिदेशमा रहेका सहयोगीदाताहरुवाट रकम संकलन गर्दै सहयोग गरिएको हो ।

जसमा गोदावरी नगरपालिकाको सबै भन्दा बिकट वडा नं १२ सिममा गत साउनमा आएको बाढीपहिरोले पूर्ण रुपमा बिस्थापित भएका ४ परिवार संगै वडा नं १ , २ , ३ , ४ का अति बिपन्न , गरिब, शारिरिक तथा मानसिक अपाङगता भएका ब्यक्तिहरुलाई चामल , दाल , पिठो , नुन , तेल , पोषिलो खानेकुरा अण्डा , मासु खानका लागि नगद , साबुन , सोडा लगाएतको समाग्रीहरु बितरण गरिएको अभियानका प्रमुख अभियान्ता भट्टले बताए ।

No description available.

उनले दशैको दिन कसैको घरमा खसी बोका काटिने र कसैले एक छाक खान पनि अर्काको घरमा जानुपर्ने बाध्यातालाई चार्डपर्वको २÷४ दिन भएपनि घरपरिवारसंग बसेर मिठो मसिनो खाउन भन्दै यो अभियानको सुरुवात गरेको बताए ।

उनले यस अभियानलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण देश बिदेशवाट सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यावद समेत दिएका छन् । उहाँको सहयोग बिना अभियान सफल हुन नसक्ने बताउदै सहयोगी हातहरुले स्वतस्फूर्त रुपमा गरेको सहयोगको उच्च कदर समेत गरेका छन् ।

No description available.

उनले यो अभियान अझै आगामी दिनहरुमा पनि निरन्तर रुपमा चलिरहने बताए ।अभियानमा पत्रकार भट्टसंगै गौरीशंकर टोल सुधार संस्था तेघरीका प्रमुख सल्लाहाकार राजकुमार खड्का , पुस्कर ओझा , लोकेश साउँद , धर्मराज जोशी , मनोज पाण्डे , केशवराज भट्ट , दिपक साउँद सह अभियान्ताका रुपमा रहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।