धनगढी, १२ कार्तिक । सुदूरपश्चिम प्रदेशका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका २ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।



सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप ६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा ९७ जनाको नमुना परिक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढीका वडा न २, ३ र ५ का १÷१ जना, वडा नखुलेका १ जना, कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ४ र महाकाली नगरपालिका वडा नम्बर ८ का १ ÷१ जनामा संक्रमण पुष्टी भएको छ ।
यस्तै अछामको कमल बजार प्रयोगशालामा २ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार २ सय ९४ पुगेको छ ।
संक्रमण पुष्टि भएका ७ हजार ५ सय बढीले कोरोना जितेका छन भने २१ जना संक्रमितको मृत्यु भएको छ ।

























