२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

समाजसेवी गुरुङ्गले आफ्नो तलबबाट मासिक ५ हजार राष्ट्रिय अविस्कार केन्द्रलाई सहयाेग गर्ने

लण्डन- समाजसेवी ईशा गुरुङ्गले आफ्नो तलबबाट मासिक ५ हजार राष्ट्रिय अविस्कार केन्द्रलाई सहयाेग गर्ने भएकी छन्।

कास्की घर भइ बेलायतमा बस्दै आएकी गुरुङ्गले महिनाको ५ हजार तलब महाबीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गर्ने घोषणा गरेकी हुन् ।

उनले उक्त सहयोग आफूले सक्ने बेलासम्म केन्द्रलाई सहयोग गर्ने समेत घोषणा गरेकी छन् ।

‘अब अर्कों महिना देखी आएको तलब बाँट प्रत्येक महिना रू ५ हज़ार महाबीर पुन दाइको अविस्कार केन्द्रमा लगाउने भएँ’, उनले भनिन्, ‘जति बेला सम्म काम गर्छु त्यति बेला सम्म सहयोग गर्छु ।’

उनले यसअघि पनि केन्द्रलाई १३ लाख संकलन गरेर दिएको बताएकी छन् । त्यस्तै सामाजिक अभियानमा लागेकी उनले विभिन्न बिरामी तथा असहायहरुको लागि लाखौँ संकलन गरेर सहयोग गर्दै आएकी थिइन् ।

‘हाल सम्म १० हज़ार देखि ५ लाख सम्म नगद व्यक्तिगत सहयोग गर्दै आएको थिए, अभियानमा संकलन गरेका रकमहरूको त के कुरा गरौँ र’, उनले भनेकी छन्, ‘यो निर्णयमा म अटल रहनेछु ।’

उनले अन्य बिरामीहरूलाइ जति सहयोग गरे पनि समस्याको समाधान नदेखिएको भन्दै राष्ट्रीय अविस्कार केन्द्र मार्फ़त देशलाइ विकास र समृद्ध बनाउनमा मद्दत ज़रूरी रहेको बताइन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।