धनगढी, १२ कार्तिक । धनगढीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत होण्डा स्वरुम अगाडी ना ३ ख ५५८५ नम्बरको ट्रकले ठक्कर दिदा डोटी स्थायी घर भएका हाल धनगढीको बोराडाँडी बस्दै आएका ६० वर्षीय वीरसिंह बिष्टको मृत्यु भएको हो ।



ट्रकको ठक्करबाट घाइते भएका विष्टको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।
प्रहरीका अनुसार ठक्कर दिने ट्रकका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।
Views: 118

























