गोकर्ण पाण्डे/गुल्मी :- अतिथि देबो भव भन्ने मुल मन्त्रको साथ अतिथिको सत्कारको लागी श्री भगवती युवा क्लब धुर्कोट गाउँपालिका -३ हाडहाडे गुल्मीले दसैँ तिहारको अवसरमा विभिन्न स्थानहरूमा होर्डिङबोर्ड राखेको छ ।



सौजन्यकर्ता हरु सँग समन्वय गरि बोर्ड राखिएको क्लबका सचिब सरोज खत्रीले जानकारी दिनुभयो।
जस अन्तर्गत
१. नादी को लागि – सुजाता कन्स्ट्रक्सन कम्पनी प्रा. ली. रे.न.पा.-८ तम्घास गुल्मी का प्रबन्ध निर्देशक तथा समाजसेवी पदम बिस्ट
२. श्री निन्युखर्क माध्यमिक बिद्यालय धुर्कोट-३ हाडहाडेको लागि जि. एम. स्टोर धुर्कोट-३ हाडहाडे गुल्मि बाट समाजसेवी यम बहादुर घ.म.
३. श्री जनज्योति निम्नमाध्यमिक बिद्यालय धुर्कोट-३ हाडहाडे खालखोला गुल्मीको लागी – पुर्व प्रहरी निरीक्षक तथा समाजसेवी जुद्ध बहादुर खत्री तथा स-परिवार
४. मालारानी गाउँपालिका सिमाना लोहोरीको लागी रिना विविध स्टोर्स बेल्बास-१३ संगम चोक बुटवल का प्रबन्ध निर्देसक तथा समाजसेवी पदम बस्नेत
५. ढिकिचौर सिमानाको लागि सन्तोष किराना तथा नास्ता पसल धुर्कोट-३ हाडहाडे गुल्मी बाट समाजसेवी तोर बहादुर खत्री
६.धुर्कोट गाउँपालिका -३ हाडहाडे अबुवाको लागि स्वर्गीय पति टोप बहादुर बस्नेतको सम्झनामा धुर्कोट-३ की महिला वडा सदस्य साबित्रा बस्नेत
७. मालारानी गाउँपालिका सिमाना श्रीचौर को लागि नेपाली काङ्ग्रेस धुर्कोट-३ हाडहाडे गुल्मीले होर्डिङबोर्ड हरु सौजन्य गरेका थिए ।
सम्पूर्ण होर्डिङ्ग बोर्ड सौजन्यहरुलाई धन्यवाद व्यक्त गर्दै क्लबका अध्यक्ष यम के.सी.ले दोस्रो चरणमा पनि होर्डिङ्ग बोर्ड राखिने र क्लबले यस भन्दा पहिलेको समयमा पनि बर्खा को समयमा गाडीहरु नै हिड्न नसक्ने गरि बिगि्रएको सडकहरुको मर्मत गर्नुको साथै सरसफाइ सम्बन्धि विभिन्न कार्यक्रमहरु संचालन गरेको र आउने दिनमा पनि यस्तै सामाजिक कार्यमा अग्रसर रहने क्लबका अध्यक्ष के. सी.ले जानकारी बताउनु भएको छ ।

























