धनगढी, १२ कार्तिक । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप ६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।



सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा ९७ जनाको नमुना परिक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढीका वडा न २, ३ र ५ का १/१ जना, वडा नखुलेका १ जना, कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ४ र महाकाली नगरपालिका वडा नम्बर ८ का १ /१ जनामा संक्रमण पुष्टी भएको छ ।
Views: 147

























