टीकापुर, १२ कार्तिक । कैलालीको टीकापुर नगरपालिका ३ शंकरपुरमा रहेको डबल बहादुर बलायरको सोयाबीन उद्योगमा आज बिहान आगलागी भएको छ ।



आगलागीबाट सवा करोड रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान सवा बजे बिद्युतको तार सर्ट भई उद्योगमा सल्किएको आगोले उद्योग, गोदाम र संगै जोडिएको घरमा क्षति पुगेको थियो ।
आगलागीबाट उद्योगको मेसिन तथा उपकरणहरु, कच्चा पदार्थ र तयारी अवस्थामा रहेको सोयाबीन समेत जलेर नष्ट भएको बताईएको छ ।
उद्योगमा लागेको आगो दमकल, स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरुको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
Views: 139

























