दिपकराज ओझा/अत्तरिया- यामस्टा बण्डाली युवा क्लबको आयोजनामा बोका कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। श्री कृष्ण बाल क्लब को संयोजकत्तोमा आज बाट बोका कप क्रिकेट प्रतियोगिता आज बाट सुचारु भयको हो।



आज एक कार्यक्रमको आयोजना गरि सामाजसेवि कृष्णदत्त जोशीको बोलिङ र युवा क्लबका अध्यक्ष अशोक बडैलाको ब्याटिङ संगै सो क्रिकेट प्रतियोगिता उद्घाटन भएको छ। आजको पहिलो खेल शुसेली युवा क्लब र स्काइ युवा क्लब बिच भैरहेको छ।
खेल १२ ओभर को खेलाइने छ । प्रतियोगिता बिजेता लाई बोका र उपबिजेता लाई ८ के.जि बोइलर मासु प्रदान गरिने मस्टा बण्डाली युवा क्लबका अध्यक्ष अशोक बडैलाले बताए ।
Views: 164

























