गोकर्ण पाण्डे/गुल्मी- मन्दिरमा हरेक वर्ष दशैंको दोस्रो दिन ऐतिहासिक सरायँ नाच हुने गर्दथ्यो।



मन्दिरमा पूजाआजाका साथै सरायँँ नाच हेर्न मानिसको उपस्थिति हुँदै आएको थियो । ‘तर यसवर्ष कोरोनाका कारण भीडभाड हुने कुनै पनि कार्यक्रम भएन्।
मन्दिरमा बडादशैंको घटस्थापनादेखी हुने विशेष पूजाआजा पनि यसवर्ष गरिएको छैन् । नियमित नित्य पुजा भने भईरहेको छ ।
विगतका वर्षमा निकै चहलपहल हुने मन्दिर यसवर्ष सुनसान रहेको छ। जिल्लाका अन्य मन्दिरमा पनि सरायँ नाच तथा अन्य कार्यक्रम यसवर्ष कोरोना भाइरसका कारण स्थगित भएका छन् ।
Views: 138

























