२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

कञ्चनपुरमा ५० हजार नगद सहित ३ जुवाडे पक्राउ

धनगढी।  कञ्चनपुरमा ५० हजार नगद सहित तीन जना जुवाडे पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ बरपिपल चौक नजिकै रहेको प्रयास रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा ५० हजार ८५ सहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ पर्नेमा सञ्चालक भीमदत्त नगरपालिका १८ कै ३४ वर्षीय पदम चन्द, वडा नम्बर ६ का २६ वर्षीय  हरिश पन्त र वडा नम्बर ४ का २८ वर्षीय सागर ऐर रहेको बताए ।

उनीहरुलाई नियन्ण्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।