कञ्चनपुर । कञ्चनपुरमा छोराले आफ्नै आमाको हत्या गरेका छन् ।



जिल्लाको पुर्नवास नगरपालिका–३ सुकुम्वासी बस्तीका ३० वर्षीय पप्पु बादीले आमा ५७ बर्सिया पार्वती बादीको धारिलो हतियार र चिर्पट प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज प्रहरी निरीक्षक कैलाश विष्टले बताए ।
बेलुका करिब पौने ८ बजे सामान्य घरायसी विवाद पछि कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी थिइन ।
लगत्तै स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई धनगढीको सेती अस्पताल पुगाए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Views: 201

























