२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

बैतडीमा केमिकल र जनशक्ति अभावमा पिसिआर परीक्षण रोकियो

बैतडी, ९ कात्तिक । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा तत्कालका लागि पिसिआर परीक्षण रोकिएको छ। 

केमिकल अभाव र दशैंको समयमा कर्मचारी बिदामा भएकाले कोरोना परीक्षण रोकिएको जिल्ला अस्पताल  जनाएको छ ।

काठमाडौंबाट १२ गतेमात्रै केमिकल पुग्ने जानकारी प्राप्त भएकाले कात्तिक १२ गतेपछि मात्रै प्रयोगशालाबाट परीक्षण सुरु गरिने जिल्ला अस्पतालका वरिष्ठ ल्याब असिष्टेन्ट चन्द्रसिंह डोबालले जानकारी दिए। 

उनले भने, ‘अहिले स्वाब पनि कम संकलन भएको र आकस्मिक परीक्षण गर्नुपरे डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गर्न आग्रह गरेका छौं। गएको असोज १ गतेदेखि कोरोना परीक्षण सुरु गरिएको प्रयोगशालामा अहिलेसम्म १ हजार ४ सय ११ नमुना परीक्षण गरिएको डोबालले जानकारी दिए।

जिल्ला अस्पतालमा सञ्चालित प्रयोगशालामा परीक्षण रोकिँदा स्थानीय तहहरुले संकलन गरेका स्वाबलाई डडेल्धुरा पठाउने गरिएको छ । आकस्मिक परीक्षण गर्नुपर्ने स्वाबहरु संकलन गरेर डडेल्धुरा पठाउने गरेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। 

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत असोज १ गतेदेखि जिल्ला अस्पताल बैतडीमा पिसिआर प्रयोगशाला स्थापना गरिएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।