दशैँका बेला शक्तिपीठहरुमा विशेष घुइँचो लाग्छ। तर यस पटक दशैँ दशैँ जस्तो छैन। कोरोना भाइरसको महामारीले गर्दा अधिकांश मन्दिरहरु बन्द छन्। दक्षिणकाली मन्दिरमा भने यस पटक विशेष व्यवस्था गरिएको छ। सामाजिक दूरी कायम गरेर पूजाअर्चनाको व्यवस्था गरिएको छ।



यसै पनि कोरोना भाइरसका कारण मानिसहरु धेरै बाहिर निस्केका छैनन्। तर पनि दर्शनार्थीहरु दक्षिणकाली मन्दिरसम्म पुग्ने गरेका छन्।
दर्शनार्थीहरुलाई मन्दिर भित्र प्रवेशमा रोक लगाइएको छ। पुजारी र स्वयंसेवकहरुले बाहिरबाटै दर्शनार्थीहरुले चढाएका पूजाअर्चनाका सामानहरु स्वीकार गरी अर्पण गर्ने व्यवस्था गरिएको छ। टाढाबाटै देवीको दर्शन गर्न पाइने व्यवस्था गरिएको छ।
सामान्यतया निकै भिड हुने यो मन्दिरमा टाढाबाट मज्जासँग देवीको मूर्ति दर्शन गर्न भने पाइने अवस्था छ। यो मन्दिरमा धेरै पटक पुगिसकेको भए पनि यति स्पष्टसँग मूर्ति दर्शन गर्न पहिलो पटक पाइयो।

























