धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमीतको पुरुषको मृत्यु भएको छ ।



डोटीको दिपायलमा रहेको जेभि आयल स्टोरका सञ्चालक कर्णबहादुर भण्डारीको कोरोना संक्रमणका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पताले जानकारी दिएको छ । सेती प्रादेशिक अस्पतालमा उनको शनिबार मृत्यु भएको हो ।
निमोनियाका बिरामी रहेका भण्डारीको आईसियूमा राखेर उपचार हुँदै थियो । कोरोनाको रिर्पोट नेगेटिभ आएपछि उनलाई जनरल आईसियुमा सारिएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
Views: 191




















