कञ्चनपुुर । जिल्लाको कृष्णपुर नगरपालिका २ बाणीस्थित विजयसाल सामुदायिक होमस्टेको स्तर वृद्धिका लागि भौतिक संरचना निर्माणको कार्यलाई अघि बढाईएको छ ।
नगरपालिकाले होमस्टेको स्तरबृद्धि कार्य थालिएको छ ।तीन बर्षदेखि विधिवत रुपमा दर्ताभै सञ्चालनमा आएको होमस्टेमा नगरपालिकाले पाँच लाखको लागतमा सामुदायिक खाजा घर र पाँच लाखको लागतमा प्रवेशद्वार निर्माण गरेको छ ।
होमस्टे सम्म आन्तरिक तथा बाह्य पर्यटकलाई पुग्न सहजता प्रदान गर्न कालोपत्रे सडक निर्माण गरिएको नगर प्रमुख कर्ण बहादुर हमालले बताए ।
होमस्टे सञ्चालनका लागि परिकार बनाउने तालिम संगै संस्कृति प्रर्वद्धन गर्ने कार्य र भौतिक संरचना निर्माण गर्ने कार्यमा नगरपालिकाले सघाउदै आएको उनले बताए ।
Views: 46